पानी जीवनको आधार हो। तर पानी केवल तिर्खा मेटाउने साधन मात्रै होइन, शरीरको सन्तुलन, सफा पाचन र ऊर्जा व्यवस्थापनमा पनि यसको भूमिका अमूल्य हुन्छ। तर, धेरैलाई थाहा छैन—गलत समय र तरिकाले पानी पिउँदा फाइदा होइन, उल्टै हानि हुन सक्छ।
स्वास्थ्य विज्ञहरू भन्छन्—पानी पिउने सही समय र तरिका अपनाए शरीरमा सकारात्मक परिवर्तन मात्र होइन, धेरै रोगबाट पनि बच्न सकिन्छ।
पानी पिउने उत्तम समयहरू
१. बिहान खाली पेटमा
बिहान उठ्ने बित्तिकै १–२ गिलास मनतातो पानी पिउँदा शरीरबाट विषाक्त पदार्थहरू निस्कन्छन्। यो मेटाबोलिजम सक्रिय गराउँछ र पाचन प्रणालीलाई ‘स्टार्ट’ दिन्छ।
२. व्यायाम गर्नुअघि र पछि
कसरतले शरीरबाट पसिना मार्फत पानीको मात्रा घटाउँछ। त्यसैले व्यायाम अघि र पछि पानी पिउँदा थकान कम हुन्छ, ऊर्जा पुनः प्राप्त हुन्छ, र मांसपेशीको रिकभरी राम्रो हुन्छ।
३. खाना खानुभन्दा ३० मिनेटअघि
खाना खाने करिब आधा घण्टा अघि पानी पिउँदा भोक सन्तुलनमा रहन्छ, पाचन रसको उत्पादन राम्रो हुन्छ र खाना सजिलै पच्ने गर्छ।
४. सुत्नुभन्दा १ घण्टा अघि
राति सुत्नु अगाडि एक गिलास पानी पिउँदा रगत पतलो हुन मद्दत गर्छ, जसले मुटुका लागि फाइदा पुर्याउँछ। यसले रात्रिभर शरीरलाई हाइड्रेट राख्छ।
पानी पिउने गलत समय र तरिका
✘ खाना खाइसकेपछि तुरुन्तै
खाना खाएपछि तुरुन्तै पानी पिउनाले पाचन रस पतलो हुन्छ। यसको असर पाचन प्रक्रियामा पर्छ—ग्यास, अपच, र तौल बढ्ने सम्भावना बढ्छ।
✘ एकै पटक धेरै पानी
एकैचोटि धेरै पानी पिउँदा मिर्गौलामा अनावश्यक दबाब पर्छ। यसले शरीरको सोडियम सन्तुलन बिगार्न सक्छ, जसको असर नकारात्मक हुन्छ।
✘ अत्यधिक चिसो पानी
धेरै चिसो पानीले पाचन क्रिया सुस्त बनाउँछ। विशेषतः खाना खाएपछि चिसो पानी पिउँदा बोसो जम्ने सम्भावना बढ्छ र मेटाबोलिजममा असर पर्छ।
केही अतिरिक्त सुझावहरू
- पानी सधैं बिस्तारै पिउनुहोस्, गिलासमा चुसुक–चुसुक गर्दै।
- तातो वा सामान्य तापक्रमको पानी बढी फाइदाजनक हुन्छ, विशेषतः बिहान र खाना खानुभन्दा अघि।
- तिर्खा लागेको कुर्ने होइन, समयमा–समयमा पानी पिउँने बानी बसालौं।
प्रकाशित मिति: २०८२ भाद्र १२ गते


