प्रचण्डले ल्याएको मुर्रा राँगोको भ्यागुते रोगले मृत्यु, मन्त्रीहरू भावुक क्याबिनेटमा छलफल

काठमाडौं — पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उपहारस्वरूप ल्याइएको मुर्रा जातको एक राँगोको मृत्यु भएको छ।

पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएको ७ वटा मुर्रा राँगामध्ये एकको साउन ३० गते मृत्यु भएको पुष्टी भएको छ।
कार्यालयका वरिष्ठ पशु अधिकृत तथा सूचना अधिकारी डा. महेन्द्र मल्लका अनुसार, पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगको संक्रमणका कारण मृत्यु भएको देखिएको छ।

अन्य राँगाहरूको स्वास्थ्य परीक्षण गर्दा सबैलाई सामान्य अवस्थामा पाइएको पनि डा. मल्लले जानकारी दिए।
यस घटनापछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव डा. पशुपति ढुंगानाको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो, जसले स्थलगत अध्ययन पनि गरिसकेको छ।

भारत सरकारले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने घोषणा गरेपछि दुई वर्षअघि २०७८ मंसिरमा पहिलो चरणमा ७ वटा राँगा पोखरा, ५ वटा लहान र ३ वटा बाँकेस्थित प्रजनन कार्यालयहरूमा राखिएको थियो।

पछिल्लो मन्त्रिपरिषद् बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त राँगोको मृत्युबारे भावुक हुँदै जानकारी दिएका थिए।
एकजना मन्त्रीका अनुसार अधिकारी विभागीय जिम्मेवारीप्रति गम्भीरता जनाउँदै उक्त घटनाले आफूलगायत मन्त्रालयलाई दुःखी बनाएको बताएका थिए।

प्रकाशित मिति: २०८२ भाद्र ११ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी