रवि लामिछानेको रिहाइ निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ

सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ निवेदनमाथि आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।

न्यायाधीश सागर विष्टको इजलासमा पेशी तय भएको यो निवेदन लामिछानेले रुपन्देही जिल्ला अदालतबाट रिहा नपाएपछि भदौ ९ गते दर्ता गराएका हुन्।

यसअघि, साउन २६ गते जिल्ला अदालत रुपन्देहीले रिहाइ निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश दिएको थियो। अदालतको भनाइ अनुसार, लामिछानेले पेश गरेको बिगो रकमको आधारमा रिहा गर्न मिल्ने अवस्था नरहेको उल्लेख गरिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले यसमा आफ्नो हिस्साको अनुमान गर्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरेका थिए।

तर, जिल्ला अदालतले रविको ठ्याक्कै बिगो कति पर्छ भन्ने प्रष्ट नभएकाले रिहा गर्न नमिल्ने निर्णय सुनाएको हो। यसअघि उनी एक करोड धरौटीमा रिहा भएका थिए, तर पछि उच्च र सर्वोच्च अदालतका आदेशअनुसार पुनः थुनामा राखिएको थियो।

हाल रवि लामिछाने ललितपुरको नख्खु कारागारमा छन्। अदालतले मुद्दाको संवेदनशीलता र प्रकृतिलाई ध्यानमा राखी टुंगोमा छिटो पुर्‍याउन निर्देशन दिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी