काठमाडौँ — सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ। नागरिकलाई प्रशासनिक सेवा सरल र सुलभ बनाउन गृह मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले यो निर्णय लिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै प्रस्तावलाई प्रशासन समितिमा छलफलको लागि पठाउने निर्णय गरेको छ।
गृह मन्त्रालयका अनुसार, जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत प्रदान गरिने सेवा जनसंख्या, भौगोलिक सहजता र पहुँचको आधारमा असमान देखिएको हुँदा एकैपटक ठूलो संख्यामा इलाका कार्यालयहरू खोल्नुपर्ने आवश्यकता देखिएको हो।
प्रस्ताव स्वीकृति भएपछि, मन्त्रिपरिषद्को प्रशासन समितिले आवश्यक प्रक्रिया अघि बढाउनेछ। मन्त्रालयले भविष्यमा पनि आवश्यकताअनुसार थप इलाका कार्यालय खोल्ने योजना बनाएको छ।
प्रकाशित मिति: २०८२ भाद्र ११ गते


