सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

सुनसरी। सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा विवाद बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ।

सुनसरी क्षेत्र नं. ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्कीले आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेको बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूसँग जम्काभेट भएको थियो। विवाद बढेपछि हातहालाहालको अवस्था सिर्जना भयो।

परिस्थिति असामान्य बन्दै गएपछि निर्वाचन सुरक्षामा खटिएका प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीचार्ज गरेको सुनसरीका एसपी केशव थेवेले जानकारी दिनुभयो।

उनका अनुसार, विवादमा परेको दुवै पक्षका कार्यकर्ता छिमेकी नै भए पनि राजनैतिक दल फरक भएकाले झडपको अवस्था सिर्जना भएको थियो। यस क्रममा केहीबेर हाथापात र तनावको स्थिति बनेको थियो।

प्रकाशित मिति: २०८२ फाल्गुन ९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने