साढे ११ लाख हुण्डी रकमसहित एकजना पक्राउ

महोत्तरी । महोत्तरीबाट नेपाल प्रहरीले हुण्डी रकमसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी-७ बस्ने ३४ बर्षीय गौतम साह रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

विशेष सूचनाकाआधारमा खटिएको प्रहरी टोलीले महोत्तरीको मनराशिस्वा-३ पोखरभिन्डा-सोनौल सडक खण्डमा चेकजाँचका क्रममा मधेश प्रदेश ०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार साह ११ लाख ५१ हजार तीन सय रुपैयाँसहित पक्राउ परेका हुन् ।

डीएसपी भट्टका अनुसार साहको साथबाट नगद रकमसहित, दुई थान स्मार्टफोन, किप्याड मोबाइल एक थान र बैंक भौचर पनि भेटिएको छ ।

पक्राउ परेका साहमाथि हुण्डी कारोबारको कसुरमा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन ८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने