रौतहटमा ४० जना यात्रु सवार बस दुर्घटनाग्रस्त, ९ घाइते

काठमाडाैं । रौतहट सदरमुकाम गौरमा करिब ४० जना यात्रु बस दुर्घटना भएको छ।

साेही दुर्घटनामा परी ९ जना घाइते भएकाे प्रहरीले जनाएकाे हाे । शुक्रबार बिहान साढे ११ बजे गौर–चपुर सडक खण्डमा दाल मिल नजिक बस अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएकाे हो।

घाइते हुनेमा रौतहट गढीमाई नगरपालिका–१ का ३२ वर्षीय रञ्जय यादव, यमुनामाई गाउँपालिका–३ का ४२ वर्षीय विनोद बैठा, गरुडा नगरपालिका–४ का २६ वर्षीय निरज कुमार गुप्ता, बारा कलैया उपमहानगरपालिका–१ का ३० वर्षीय नुर महम्मद, हेटौंडा उपमहानगरपालिका–४ की ४२ वर्षीया सुनिता केशरी, भारत सितामढी जिल्लाका ६० वर्षीय लसिभ सहनी, मकवानपुर भारत गमडिया जिल्लाका ४४ वर्षीय देव नारायण बैठा, २० वर्षीय सुभम कुमार बैठा र भारत शिवहर जिल्लाका ५५ वर्षीय ललन साह रहेका छन्

प्रहरीले घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको बताएकाे हाे। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ भने केही घाइतेलाई थप उपचारका लागि आँखा अस्पताल फुरेनवा र वीरगंजतर्फ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ। दुर्घटनापछि प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बस चालक चन्द्रपुर नगरपालिका–८ निवासी २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ।

प्रहरीले साेही दुर्घटनाको थप अनुसन्धान शुरु गरेको बताएकाे हाे।

प्रकाशित मिति: २०८२ फाल्गुन ८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने