कांग्रेस कपिलवस्तु : दीपकुमारसहित १९ जना ५ बर्षकाका लागि निष्कासित

नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा बागी उम्मेदवारी दिएका आशिष शर्मा सहित १९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

 

जिल्ला कार्य समितिले पार्टीको जिल्ला अनुशासन समितिको बैठकबाट आएको सिफारिसका आधारमा उनीहरूलाई पार्टीको साधारण सदस्य नरहने गरी पाँच वर्षसम्म निष्कासन गर्ने निर्णय गरेको हो । साथै उक्त कारबाहीलाई अनुमोदनका लागि पार्टीको लुम्बिनी प्रदेश कार्य समिति तथा केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय समेत गरिएको छ ।

कारबाही सिफारिसमा परेकामध्ये पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्याय, महासमिति सदस्यहरू राजेश बहादुर सिंह, कमल टण्डन, विष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरू हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, क्षेत्र नम्बर १ ९क० प्रदेश सदस्य विनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा नगरपालिका वडा नं.६ का बुथ इकाई सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरू सरजु प्रसाद चौधरी, तिलकराम पाण्डे, परमेश्वर पाठक (सिडियो भन्ने), चर्तुभुजीमणी त्रिपाठी र मिथीला शर्मा रहेका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारको विरोधमा उभिएको तथा अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा जिल्ला अनुशासन समितिको फागुन ३ गतेको बैठकले कारबाही सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम उनीहरूलाई पाँच वर्षसम्म निष्कासन गर्ने निर्णय गरिएको जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिनुभयो ।

जिल्ला कार्य समितिले पार्टी हितविपरीत गतिविधि गर्ने जो–कोहीलाई विधानअनुसार कारबाही गरिने समेत जनाएको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन ५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने