धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धर्म र जातियताका नाममा राजनीति गर्नेलाई भोट नदिन आग्रह गर्नुभएको छ। कपिलवस्तुको गोरुसिंगेमा आयोजित चुनावी कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

कपिलवस्तुका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘घन्टी अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा उहाँले समाजलाई विभाजन गर्ने राजनीति अस्वीकार्य रहेको बताउनुभयो। देशमा विकास र सुशासन स्थापित गर्न आफ्नो नेतृत्वको पार्टी अघि बढेको उल्लेख गर्दै लामिछानेले आगामी निर्वाचनले मुलुकलाई सक्षम नेतृत्व दिने विश्वास व्यक्त गर्नुभयो । सुशासन, पारदर्शिता र न्यायको एजेण्डासहित रास्वपा निर्वाचनमा होमिएको भन्दै उहाँले अघिल्लो निर्वाचनभन्दा यसपटक बढी सिट जितेर संसदमा सशक्त उपस्थिति जनाउने दाबी गर्नुभयो।

उहाँले यसपटकको निर्वाचन सामान्य निर्वाचन नभई विचार र मूल्यको प्रतिस्पर्धा भएको बताउनुभयो। जात, जाति र धर्मको नाममा मत माग्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै उहाँले मिलेर बसेको समाजलाई भोट र राजनीतिको नाममा टुक्र्याउने प्रयासलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका क्रममा सभापति लामिछानेले कपिलवस्तुबाट रास्वपाका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन मतदातासँग आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति: २०८२ फाल्गुन २ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी