सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

तुलसीपुर, २८ माघ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बुधबार बिहान भएको बोलेरो जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङको तुुलसीपुर तर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो बिहान करिब पौने ५ बजे सडकबाट चिप्लिएर करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परेर रुकुम पूर्व सिस्ने गाउँपालिका–४ निवासी चालक ३० वर्षीय बिजय बिस्वकर्माको घटनास्थलमै मृत्यु भएको कपुरकोट प्रहरी चौकीले जानकारी दिएको छ ।

दुर्घटनामा दुर्घटनामा अन्य तीन जना घाइते भएका छन । घाइते हुनेमा सिस्ने गाउँपालिका–२ निवासी २२ वर्षकी सुश्मि रोका, उनको २ वर्षकी छोरी सफलता रोका र सोही गापाको ४ बस्ने वर्ष ३८ की ललिता केसी रहनु भएको छ । घाइते तीनै जनालाई उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ । दुर्घटनाको खबर पाएलगत्तै उनीहरूलाई स्थानीयवासी, गाउँ प्रहरी, जनप्रतिनिधि तथा प्रहरी चौकी कपुरकोटको टोलीले घाइतेको उद्धार गरेको थियो । जीप गएराति १० बजे रुकुमबाट छुटेको थियो । दुर्घटनाको कारण अहिलेसम्म एकिन तथ्य भन्न नसकेपनि सडक घुम्ती भएको र रातिको समय भएकाले चालक निदाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: २०८२ माघ २८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी