विजयनगरमा बोलेरो दुर्घटनापछि अवैध बाख्रा तस्करीको पर्दाफास

कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको एक सवारी दुर्घटनासँगै नेपाल–भारत सीमावर्ती क्षेत्रमा भइरहेको अवैध पशु तस्करीको अर्को घटनाको खुलासा भएको छ। विजयनगर गाउँपालिका–२ मगरघट्टास्थित भित्री सडक खण्डमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक साइकल यात्री गम्भीर घाइते भएका छन् भने भारततर्फ लैजान लागिएका दर्जनौँ बाख्रा बरामद गरिएको छ।

प्रहरीका अनुसार २०८२ माघ १९ गते साँझ करिब ७ बजे मगरघट्टाबाट उठहवातर्फ जाँदै गरेको लु ३ च ७१८ नम्बरको बोलेरो पिकअप भ्यान अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनाका क्रममा सडक छेउमा रोकिराखेको साइकललाई ठक्कर दिँदा महाराजगञ्ज नगरपालिका–११ प्रभातनगर निवासी करिब २७ वर्षीय अजय कुमार भर गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार घाइते भरको टाउको, मुख तथा हातखुट्टामा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि चौराहा अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले गाडीको जाँच तथा चालकसँग सोधपुछ गर्दा आवश्यक कागजात नरहेको पाइएको थियो। थप अनुसन्धानका क्रममा उक्त बोलेरो पिकअप भ्यानमार्फत नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न ५७ वटा बाख्रा लोड गरिएको खुलासा भएको हो। बरामद गरिएका बाख्रामध्ये एक बाख्रा बिरामी अवस्थामा मृत फेला परेको र बाँकी ५६ वटा बाख्राको मूल्य करिब ३ लाख ९२ हजार रुपैयाँ बराबर आँकलन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी, चालक र बरामद बाख्राहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दाखिला गरेको छ। घटनासम्बन्धी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले भन्सार कार्यालय कृष्णनगरमा पठाइएको जानकारी दिएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा अवैध पशु तस्करी अझै सक्रिय रहेको संकेत गरेको स्थानीयको भनाइ छ। स्थानीयले प्रहरीको मिलेमतो बिना यसरी खुलेआम पशु ओसारपसार सम्भव नहुने आरोपसमेत लगाएका छन्।

प्रकाशित मिति: २०८२ माघ २० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी