कपिलवस्तुमा गुरुकुलका बटुकलाई प्रहरी महानिरीक्षक कार्कीबाट खाद्यान्न सहयोग

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा बाणगंगा नगरपालिका–२ स्थित मनकामना संस्कृत विद्यापीठ गुरुकुल, कैलास आश्रम नन्दनगरमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुरुकुलमा अध्ययनरत बटुकहरूका लागि खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममार्फत गुरुकुलमा अध्ययनरत बटुकहरूको शैक्षिक तथा दैनिकी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

खाद्यान्न वितरण कार्यक्रममा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले संस्कृत शिक्षा, गुरुकुल परम्परा र नैतिक शिक्षाले समाजलाई सुसंस्कृत र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उनले गुरुकुलमा अध्ययन गर्ने बटुकहरू भविष्यका संस्कारयुक्त नागरिक भएको उल्लेख गर्दै राज्य र समाजले यस्ता शैक्षिक संस्थालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कार्कीले गुरुकुल परिसरमा श्रीखण्डको वृक्षारोपण समेत गरेका छन्। वृक्षारोपण गर्दै उनले वातावरण संरक्षण आजको आवश्यकता भएको बताउँदै धार्मिक तथा शैक्षिक संस्थाहरूले हरियाली प्रवर्द्धनमा अग्रसरता लिनुपर्ने धारणा राखेका छन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख, गुरुकुल व्यवस्थापन समिति, गुरुजन, बटुकहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गुरुकुल व्यवस्थापन पक्षले नेपाल प्रहरीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले संस्कृत शिक्षा र गुरुकुल संरक्षणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ माघ २० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी