कपिलवस्तुको जगदीशपुर तालमा घट्यो चराको संख्या

विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा मानवीय अतिक्रमण बढेका कारण चराको संख्या निरन्तर घटदै गएको छ । चराको स्वर्गका रुपमा चिनिने तालमा मानवीय क्रियाकलाप बढेकाकारण चराको संख्या निरन्तर घटदै गएका हुन ।

नेपाल पंक्षीविद संघको आयोजनामा पुस १९ देखि माघ ४ सम्म गरिएको चरा गणनाकोक्रममा जगदीशपुरमा बिगत ८ वर्षसम्म जगीशपुरमा ५५ प्रतिशतले चराको संख्या घटेको पाइएको हो ।

संघका अध्यक्ष हठन चौधरी, बिपिन अधिकारी, दिक्षा ज्ञवाली, दुर्गादेवी चौधरीले तालमा २ दिनसम्म गरेको गणनाले एकै वर्षमा २ हजार ५५० चराको संख्या घटेको देखिएको हो । सन् २०१८ मा २३ हजार चरा गणना गरिएकामा २०२६ मा घटेर १० हजार २ सय ८२ चरा गणना गरिएको चराविद् हठन चौधरीले बताए ।

तालमा सन् २०२५ मा ४८ प्रजातिका १२ हजार ८ सय ३२ चरा गणना गरिएकामा २०२६ मा ४१ प्रजातिका १० हजार २ सय ८२ चरा गणना गरिएको उनले बताए । गत वर्ष भन्दा यस वर्ष ४ प्रजाति समेत प्रजाति पनि घटेका छन् । तालमा यस वर्ष मरुल ४ हजार ८३, सुनजुरे हास ३ हजार ७४७ चरा फेला परेको हो ।

बेल्चा ठुटे र हरियो टाउके बाहेक सबै प्रजातिका चराहरुको संख्या घटेका छन । सन २०२५ मा बेल्चा ठुडे ३३ भेटिएकोमा सन २०२६ मा ५३ तथा सन २०२५ मा हरियो टाउके २९ भेटिएकोमा सन २०२६ मा ८३ वटा फेला परेको हो । तालमा भौतिक निर्माणसंगै ढुंगा संचालन गरिएको छ । जसले गर्दा मानबीय गतिबिधि समेत बढेका छन । त्यसको प्रत्यक्ष असर चरामा परेको चौधरीले बताए । जगदीशपुर ताल बिश्व सिमसार क्षेत्रमा सुचीकृत तथा लुम्बिनी प्रदेश कै पहिलो पंक्षी संरक्षण क्षेत्र समेत हो । चराले उत्तर बातावरण नपाउदा जगदीशपुरमा चरको संख्यामा निरन्तर गिरावट आएको पंक्षीबिदको ठहर छ ।

मानवीय अतिक्रमण र संरचना निर्माणका कारण चराको बासस्थान समेत संकटमा परेको उनीहरुको भनाई छ । तालमा डुंगा संचालन, पिकनिक स्पट, ध्वनी प्रदुषण, नदीजन्य पदार्थको अनियन्त्रित ढुवानी लगायतले पंक्षीहरुलाई ठुलो असर परेको हो । कपिलवस्तु नगरपालिका ९ मा पर्ने ताल सन् २००३ मा विश्व सीमसारमा सूचीकृत भएको थियो। जैविक विविधता, सीमसार र चराका कारण महत्त्वपूर्ण मानिएकाले स्विट्जरल्यान्डमा रहेको रामसार सचिवालयले सूचीकृत गरेको थियो।

पानी चरा खासगरी जाडो छल्न हिउदयाममा नेपाल आउँछन्। चराहरु तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्ता र किर्गिस्तानलगायतबाट आउने गर्छ। प्रत्येक वर्ष संख्या बढ्नुले तराईमा जगदीशपुर उपयुक्त बासस्थल बनेको थियो। १ सय ५७ हेक्टरमा फैलिएको कृत्रिम रुपमा बनेको मुलुकको सबैभन्दा ठूलो ताल हो ।

उता जगदीशपुर जलायस बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले ताललाई केवल पंक्षीको संख्यासँग जोडन नहुने बताए । उनले तालको दिगो विकास संरक्षण सहीत पर्यटन र रोजगारीसंग जोडनु पर्न उनले बताए ।

प्रकाशित मिति: २०८२ माघ १९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी