कपिलवस्तु–१ मा “आशीष शर्माको घरदैलो अभियानले चुनावी माहौल चर्किँदै “

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी प्रचार–प्रसार तिव्र बनेको छ। राजधानीदेखि गाउँसम्म उम्मेदवारहरू जनतासँग प्रत्यक्ष सम्पर्कमा जुटिरहेका छन्। यसै क्रममा कपिलवस्तु पनि अछूतो छैन। कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ, जसले स्थानीय जनजीवन चुनावी रौनकले भरिएको छ।

उम्मेदवार आशीष शर्मा विगत केही दिनदेखि बिहान सबेरैदेखि बेलुकासम्म जनताको घर–घर पुग्दै मत माग्ने अभियानलाई निरन्तरता दिइरहेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँपालिका र वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। यस क्रममा उनले जनताको गुनासो सुन्ने, विकासका प्राथमिकता प्रस्तुत गर्ने र भविष्यको योजनाबारे जानकारी दिने कामलाई जोड दिएका छन्।

आज मायादेवी गाउँपालिका–४ मा आयोजित घर दैलो कार्यक्रममा शर्माले सबैलाई मतदानमा सहयोग गर्न अपील गर्दै जनताको साथ र समर्थनप्रति खुशी व्यक्त गरे। उनले भने, “जनताको साथ सहयोग देखेर म प्रफुल्लित छु। उहाँहरूको साथले मेरो जीत सुनिश्चित छ।”

शर्माले आफ्नो अभियानमा शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय पर्यटनलाई प्राथमिकतामा राख्ने बताएका छन्। विशेषगरी लुम्बिनी क्षेत्रको सांस्कृतिक महत्वलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने योजनाबारे उनले मतदातासँग साझा गरेका छन्। उनका अनुसार, स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने, आधारभूत स्वास्थ्य सेवा सहज बनाउने र कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने कुराहरु बताए ।

उनको सक्रियता र जनसम्पर्क अभियानले कपिलवस्तु–१ मा चुनावी प्रतिस्पर्धा झनै रोचक बनेको छ। जनतासँगको नजिकको सम्बन्ध र निरन्तर घर–दैलो अभियानले चुनावी माहौललाई थप तातो बनाएको छ। स्थानीय बासिन्दाले उम्मेदवारको सक्रियता देखेर उत्साह प्रकट गरेका छन्।

चुनावी माहौल चर्किँदै जाँदा कपिलवस्तुका सडक, चोक र गाउँहरूमा राजनीतिक चर्चा–परिचर्चा बढेको छ। उम्मेदवारहरूको प्रचारले जनजीवनलाई चुनावी रौनकले भरिएको छ भने मतदाताले आफ्नो मतको महत्वबारे गम्भीरता देखाउन थालेका छन्।

प्रकाशित मिति: २०८२ माघ १९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी