आचार्यको दावीः ३५ हजार मत ल्याएर जित्छु,चल्दैन थारु मुस्लिम सेन्टिमेन्ट

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्यले एमाले र नेपाली काँग्रेसमाथि जातीय तथा धार्मिक सेन्टिमेन्टमा राजनीति गरिरहेको गम्भीर आरोप लगाएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानमा निस्कँदा जिल्लामा खुला रूपमा सेन्टिमेन्टको राजनीति भइरहेको पाएको आचार्यको दाबी छ ।
आइतबार बाणगंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले भने, “कपिलवस्तुमा अहिले विकास र नीति होइन, जात र धर्मलाई उचालेर चुनाव जित्ने खतरनाक खेल चलिरहेको छ । यसको अगुवाइ एमाले र काँग्रेसले नै गरिरहेका छन् ।” उनका अनुसार राजनीतिक दलहरूले नागरिकलाई हिन्दू–मुस्लिम, थारु–अन्य समुदायमा विभाजन गरेर आपसी द्वन्द्वको वातावरण सिर्जना गरिरहेका छन् ।
आचार्यले कपिलवस्तुमा समय–समयमा हुने साम्प्रदायिक तनाव र हिंसात्मक घटनाको स्मरण गर्दै केही घटनाहरू यही विभाजनकारी राजनीतिका परिणाम भएको बताए । “जात र धर्ममा विभक्त गरिँदा अन्ततः समाज द्वन्द्वतर्फ जान्छ, यसको पीडा कपिलवस्तुले पटक–पटक भोगिसकेको छ,” उनले भने ।

एमाले र काँग्रेसले चुनाव जित्नकै लागि समुदाय विशेषको भावनालाई प्रयोग गरिरहेको आरोप लगाउँदै आचार्यले क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार विश्राम प्रसाद थारु र काँग्रेसका उम्मेदवार अत्तहर कमाल मुसलमानको उम्मेदवारी नै त्यसको उदाहरण भएको दाबी गरे । स्थानीय मतदाताहरूका अनुसार दुवै दलले आ–आफ्ना समुदायलाई लक्षित गर्दै मत माग्ने गरेको आरोप पनि उनले सार्वजनिक गरे ।
काँग्रेसभित्रै लामो समयदेखि चुनावी तयारी गरिरहेका युवा नेता आशिष शर्मालाई अन्तिम समयमा टिकट नदिइनु पनि सेन्टिमेन्ट राजनीतिसँग जोडिएको दाबी आचार्य निकट नेताहरूको छ । कपिलवस्तु–१ थारु र मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले पुराना दलहरूले यही आधारमा उम्मेदवार छनोट गरेको आरोप लगाइएको छ ।
रास्वपा उम्मेदवार आचार्यले भने आफू जातीय र धार्मिक विभाजन अन्त्य गरी सबै समुदायलाई एकताबद्ध गर्ने कानुन निर्माणका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “अब जनताको चेतनास्तर बढिसकेको छ, यसपटक सेन्टिमेन्टको राजनीति चुनाव जित्ने अवस्थामा छैन,” उनले दाबी गरे ।
आचार्यले आफूले ३५ हजारभन्दा बढी मत ल्याएर सानदार जित हासिल गर्ने ठोकुवा गर्दै काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको राष्ट्रिय क्रेज, पार्टीको सांगठनिक विस्तार र मतदातामा आएको राजनीतिक चेतनालाई आफ्नो बलियो आधार बताए ।

प्रकाशित मिति: २०८२ माघ १८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी