काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंका अनुसार स्वास्थ्य अवस्थामा सुधार आएपछि लामिछानेलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
‘सेलुलाइटिस’ रोगका कारण अस्पताल भर्ना भएका लामिछानेलाई उपचारका क्रममा नसामार्फत तीन प्रकारका एन्टिबायोटिक औषधि प्रदान गरिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था सन्तोषजनक बन्दै गएपछि उनले स्वयं डिस्चार्जको अनुरोध गरेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २०८२ माघ १५ गते


