कपिलवस्तुमा लापसे र मापसे सेवन गरेर सवारी चलाउने ७ चालक नियन्त्रणमा

कपिलवस्तु–
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको लापसे (लागुऔषध) तथा मादक पदार्थ सेवन, स्वास्थ्य र कागजात जाँच अभियानका क्रममा ५० जना सवारी चालकको परीक्षण गर्दा ७ जना चालक लापसे सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका छन्।

सार्वजनिक सडकमा यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पार्ने गरी गाँजा तथा मादक पदार्थ सेवन गरेर सवारी चलाइरहेका ती चालकलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार पछिल्लो समय भएका अधिकांश सवारी दुर्घटनाको प्रमुख कारण लागुऔषध तथा मापसे सेवन गरेर सवारी साधन चलाउनु नै रहेको छ। त्यसैले यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको प्रहरीले स्पष्ट पारेको छ।

अभियानका क्रममा ट्राफिक प्रहरीले चालकहरूको स्वास्थ्य अवस्था, लापसे तथा मादक पदार्थ सेवनको अवस्था, सवारी कागजात लगायत विषयमा गहिरो जाँच गरेको जनाएको छ। सवारी दुर्घटनाको प्रमुख कारणमध्ये एक लापसे सेवन रहेकाले यसविरुद्ध कडाइ गरिएको प्रहरीको भनाइ छ।

जनगुनासोका आधारमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार दोषी चालकलाई कानुनी दायरामा ल्याइने ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो। उहाँले सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँग खेलवाड गर्नेलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पार्नुभयो।

नियन्त्रणमा परेका चालकहरूमध्ये केही पश्चिम नेपाल बस व्यवसायी समिति, बुटवल यातायात रूपन्देही तथा देउराली यातायात अर्घाखाँचीसँग आबद्ध रहेको पाइएको छ। यसले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनहीनता र गैरजिम्मेवारी बढ्दै गएको गम्भीर अवस्था उजागर गरेको प्रहरीको निष्कर्ष छ।

उक्त अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा, ईलाका प्रहरी कार्यालय पिपराको सह–आयोजनामा तथा पिपरा अस्पताल कपिलवस्तुको प्राविधिक सहयोगमा सञ्चारकर्मी र सम्बन्धित निकायको संयुक्त सहभागितामा सम्पन्न भएको हो।

ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि यस्ता आकस्मिक जाँच तथा कडा निगरानी अभियानलाई निरन्तरता दिने चेतावनी दिँदै सबै सवारी चालकलाई जिम्मेवार, सचेत र कानुनको पालना गर्दै सवारी चलाउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ माघ १४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी