बुद्धभूमीमा जिल्ला स्तरीय क्रिकेट तथा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

कुरा नेपाल,कपिलवस्तु-

साजन सप्लायर्सका प्रमुख विश्व शाह (सजहर पाखिया) को आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता तथा बुद्धभूमि नगरस्तरीय अन्डर–१७ ब्याडमिन्टन प्रतियोगिता आजबाट बुद्धभूमि नगरपालिका वडा नं. ८ हरिहरपुरमा सुरु भएको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति कपिलवस्तुका पूर्व सभापति नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउने बताउँदै यस्ता प्रतियोगिताले जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निर्वातमान अध्यक्ष वसन्त गिरिले खेलकुद सामाजिक एकता र सद्भावको माध्यम भएको उल्लेख गर्दै निजी क्षेत्रको पहलमा आयोजना गरिएको यस किसिमको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता गतिविधिले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुग्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक विश्व शाहले युवालाई खेलकुदप्रति आकर्षित गर्न र लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । “खेलकुद अनुशासन र नेतृत्व विकासको आधार हो, यसलाई निरन्तरता दिनु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।
बुद्धभूमि नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रमोद आचार्यले स्थानीय तहले खेलकुद विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता प्रतियोगितामा आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

वडा नं. ५ का वडा अध्यक्ष रोम बहादुर थापाले खेलकुदले युवालाई गलत बाटोमा जानबाट रोक्ने बताउँदै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो । वडा नं. ३ का वडा अध्यक्ष विकास आचार्यले स्थानीयस्तरमै प्रतियोगिता हुँदा युवाको उत्साह बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रममा  युवा समाजसेवी रवि ठाकुरले खेलकुद कार्यक्रम शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायको पूर्ण सहयोग रहने बताउनुभयो ।

प्रतियोगितामा जिल्लाभरका क्रिकेट टोली तथा बुद्धभूमि नगरपालिकाभित्रका अन्डर–१७ उमेर समूहका ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताले बुद्धभूमि क्षेत्रमा खेलकुद वातावरण थप सशक्त बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०८२ माघ ५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी