१ करोड ३० लाखको बजेट सहित आदर्श सामुदायिक वनको १५ औं साधारण सभा सम्पन्न

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ चंघाट स्तिथ आदर्श सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वन उपभोक्ता समुहको सामुदायिक भवन परिसरमा आयोजित साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि समुहले १ करोड ३० लाखको बजेट समेत ल्याएको छ ।
आदर्श सामुदायिक वनका अध्यक्ष धर्मराज अधिकारिले समुहको निति तथा कार्यक्रम र बजेट पेश गर्दै प्रस्तावित १ करोड ३० लाख बराबरको बजेट पेश गरे । उनले गत आर्थिक वर्षका अधुरा योजनाको पूर्णता र विकासका लागि समेत बजेट विनियोजन भएको भन्दै केही नयाँ र उत्पादनमूलक शीर्षकमा समेत यसपटकको बजेटले समेट्ने प्रयास भएको बताए ।

कार्यक्रममा समुहका सचिव मधु चौधरीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन भने कोषाध्यक्ष श्यामु थारुले आ.व २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । सम्पन्न साधारणसभा कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो भने वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत, सव डिभिजन वन कार्यालय बडहराका वन अधिकृत कल्याण सापकोटाको विशिष्ठ आतिथ्यता सहित विभिन्न सामुदायिक वन समुहका अध्यक्षहरु, स्थानीय बुद्धिजीवि, वनका पुर्व अध्यक्षहरु, संचारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले एउटा वडाको बजेट बन्दा करिब दोब्बर बजेट सामुदायिक वनको हुने र यसले एउटा गाउँ मात्रै विकास गर्नुपर्ने हुदा पालिकालाई बारम्बार प्रश्न गर्नेहरुलाई अब पालिकाले प्रश्न गर्नुपर्ने रहेको बताए। उनले सामुदायिक वनले पालिका संग लागत साझेदारीमा धेरै काम गर्न सक्ने बताउदै स्थानीयलाई नै वनको आर्थिक पातोसंग जोडिने काममा समेट्नु पर्ने बताए।

यस्तै बन अधिकृत सापकोटाले सामुदायिक वनले आफ्नो आम्दानीका स्रोतलाई वृद्धि गर्नका लागि वन व्यवस्थापनका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु सुझाए । उनले जुुन सामुदायिक वनले वन संरक्षण र वन व्यवस्थापनका काम प्रभावकारी बनाएका छन्, ती वनहरुको बजेटमा पनि हरेक वर्ष बृद्धि भइरहेको बताए ।

यस्तै कार्यक्रममा वडा अध्यक्ष तेज बहादुर बस्नेतले वनको बजेटको तुलनामा वडाको बजेट सानो आकारको हुने भएकाले वडाले वनसँग प्रतिश्प्रधा गर्न नसक्ने बताए । उनले सामुदायिक वनसँग वडाका योजनाहरुलाई पनि लागत साझेदारीमा सम्पन्न गर्न अग्रहसर हुनुपर्नेमा जोड दिए ।

यस्तै समाजसेवी विरेन्द्र मिश्रले सामुदायिक वन र यसको नेतृत्व पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरु सबैलाई साथमा लिएर अघि बढ्न सक्नुपर्ने बताए । वन कुनै एक व्यक्तिको नभई साझा सम्पत्ति भएको तर्क गरे ।

कार्यक्रममा आदर्श सामुदायिक वनले आदर्श आधारभूत विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गरेको छ भने वन उपभोक्ता समुहका एकल महिला पुरुषलाई न्यानो कपडा वितरण गरेको छ।

प्रकाशित मिति: २०८२ पुष १६ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी