बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा जारी ५ औं बुद्धभूमि कृषि, व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ अन्तर्गत आयोजित मम्मी डान्स स्टार–२०८२ प्रतियोगिताको उपाधि रञ्जिता खनालले हात पारेकी छिन्।
प्रतियोगितामा फस्ट रनरअप गीता कार्की, सेकेन्ड रनरअप कल्पना क्षेत्री तथा सान्त्वना गंगा पौडेल घोषित भएका छन्।
प्रथम विजेताले रु. ३०,०००, फस्ट रनरअपले रु. २०,000, सेकेन्ड रनरअपले रु. १०,000 प्राप्त गरे भने सान्त्वना सहभागीलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।


यस प्रतियोगिताको मुख्य प्रायोजक आदर्श इङ्ग्लिस बोर्डिङ स्कुल, इमिलिया रहेको थियो।
महोत्सव आयोजक समितिका अनुसार ‘मम्मी डान्स स्टार’ ले यस वर्षको महोत्सवलाई अलग पहिचान, भीड र उत्साहको नयाँ उचाइमा पु¥याएको छ।

महोत्सवमा स्थानीय महिला सहभागिता, सांस्कृतिक प्रदर्शन र पारिवारिक मनोरञ्जन गतिविधिहरुले स्टेजलाई निरन्तर आकर्षक बनाएको आयोजकको भनाइ छ।
प्रकाशित मिति: २०८२ मंसिर १७ गते


