बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा मंसिर ४ देखि १६ गतेसम्म सञ्चालन भएको ५ औं बुद्धभूमि कृषि व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ एक विशेष समारोहका बीच समापन गरिएको छ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य नवराज लामिछानेले महोत्सवले स्थानीयको आर्थिक गतिविधि, पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचान उजागर गर्न ठूलो योगदान गरेको बताए।
उनले “बुद्धभूमि केवल सांस्कृतिक नगर मात्र होइन, कृषि, व्यापार र पर्यटनको विशाल सम्भावना बोकेको भूमि रहेको समेत बताए । यस्तो महोत्सवले स्थानीय उत्पादनलाई बजार संग जोड्ने र उद्यमशीलता विकसित हुने बताए । आगामी दिनमा यस्तो कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिएका छन।

महोत्सवले स्थानीय व्यवसायी, कृषक, पर्यटन व्यवसायी र कलाकारलाई एकै ठाउँमा जोड्ने प्रभावकारी मञ्च बनेको उधोग बाणिज्य संघका का. अध्यक्ष विण्णु पौडेलले बताए।
अध्यक्ष पौडेलले भने “प्रदर्शनीमा सहभागी सबै व्यापारिक समूह, स्थानीय कृषक तथा नागरिकको उत्साहले महोत्सव सफल र अर्थपूर्ण बनेको छ। हामी आगामी वर्ष अझ ठूलो तयारीका साथ उपस्थित हुनेछौं।”

कार्यक्रममा महासचिव हरिलाल अधिकारीले संचालन गरेका थिए भने विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यापारी, स्थानीयवासी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवमा कृषि, घरेलु उद्योग, स्थानीय उत्पादन, विविध व्यापारिक स्टल, मनोरञ्जन, सांस्कृतिक प्रस्तुति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनीहरू राखिएका थिए।


प्रकाशित मिति: २०८२ मंसिर १७ गते


