बुद्धभूमि महोत्सवमा शुक्रबार खेम, प्रिती र कोपिलाको विशेष प्रस्तुति

कुरा नेपाल बुद्धभूमि।

बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०७८२ अन्तर्गत शुक्रबार लोकप्रिय गायक–गायिका खेम चौधरी, प्रिती आले र कोपिला न्यौपानेले आकर्षक प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

गोरुसिङ्गेमा जारी महोत्सवमा यी तीन कलाकारले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जनका शिखरसम्म लैजाने तयारी गरिएको आयोजक पक्षले जनाएको छ।

महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कृषि र औद्योगिक क्षेत्रका सामग्रीको प्रदर्शनी, स्थानीय उत्पादनका स्टल, मनोरञ्जनका विविध कार्यक्रम र बाल–उद्यान संचालित रहेको मेला संयोजक हरि शर्माले जानकारी दिए।

शुक्रबारको विशेष साँझलाई खास बनाउँदै खेम, प्रिती र कोपिलाले क्रमशः आफ्ना लोकप्रिय गीत–संगीतमार्फत दर्शकलाई झुमाउने वातावरण मिलाइएको आयोजकको भनाइ छ।

प्रकाशित मिति: २०८२ मंसिर ४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी