गोरुसिङ्गेमा निर्मित राम–दरबार राम–जानकी मन्दिर हस्तान्तरण

कुरा नेपाल कपिलवस्तु। बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा निर्माण गरिएको राम–दरबार राम–जानकी मन्दिर एक विशेष समारोहमार्फत समाजलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

मन्दिर समाजसेवी तथा उद्यमी शुभलाल भुसालको पहल र निजी लगानीमा निर्माण गरिएको हो। स्वर्गीय बुबा, आमा तथा हजुरबुवाको स्मृतिमा निर्माण भएको यस मन्दिरमा भगवान् श्रीराम, माता जानकी, लक्ष्मण र हनुमानका मूर्तिहरू स्थापनासहित प्राण–प्रतिष्ठा प्रक्रिया सम्पन्न गरिएको छ।

करिब नौ लाख रुपैयाँ लागतमा बनेको मन्दिरको मूल चाबी भुसालले समारोहका अतिथिलाई हस्तान्तरण गरेका हुन्। दैनिकी सञ्चालन तथा नियमित सेवा–पूजाका लागि मासिक सहयोग उपलब्ध गराइने जानकारी पनि कार्यक्रममा दिइएको थियो।

२०७५ सालदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आएका भुसाल पछिल्ला वर्षहरूमा सामाजिक, धार्मिक तथा सामुदायिक क्षेत्रका विभिन्न गतिविधिमा संलग्न हुँदै आएका छन्।

स्थानीय समुदायले नयाँ मन्दिर स्थापना र सार्वजनिक हस्तान्तरणले क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन संभावनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्।

सरोकारवालाहरूका अनुसार मन्दिर सञ्चालन व्यवस्थापनमा स्थानीय समिति तथा समुदायको सक्रिय सहभागिता रहनेछ।

प्रकाशित मिति: २०८२ कार्तिक २९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी