भ्रष्टाचार निवारणका लागि ऐन ल्याउने प्रधानमन्त्री म नै हुँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि कानुन नै बनाएर अघि बढ्ने प्रधानमन्त्री आफू भएको बताएका छन्।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भ्रष्टाचार अन्त्य गर्नकै उद्देश्यले आफूले प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ जारी गरेको बताएका हुन्।

उनका अनुसार, ‘सामाजिक कुरितिको रूपमा रहेको कमैया प्रथा अन्त्यदेखि छुवाछुत मुक्त नेपाल घोषणा र भूमिसुधारका अभियान सुरु गर्न पाउनु गर्वको कुरा हो। भ्रष्टाचार निवारणका लागि ऐन ल्याउने काम पनि मैले गरेको हुँ,’ देउवाको भनाइ छ।

सभापति देउवाले जेन–जी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्यको आवाजलाई पनि समर्थन व्यक्त गरेका छन्। साथै, उनले नेपाली कांग्रेसलाई जात, क्षेत्र, लिङ्ग र समुदायका विविधता समेट्ने मौलिक राष्ट्रिय पार्टीका रूपमा अघि बढाउने प्रयास गरेको उल्लेख गरे।

‘पार्टीभित्र आरक्षण व्यवस्था गर्दै समावेशी संरचना बनाएको छु। पाँचपटक प्रधानमन्त्री हुँदा सीमित समय भए पनि कतिपय क्षेत्रमा सुधारका ऐतिहासिक कदम चाल्न सफल भएको छु,’ देउवाले भने।

उनले महिलाको सम्पत्तिमाथि हक स्थापित गर्न मुलुकी ऐनको ११औं संशोधन गरेर पैतृक सम्पत्तिमा महिलाको स्वामित्व सुनिश्चित गरेको स्मरण गरे। साथै, दलित, महिला र जनजाति समुदायको उत्थानका लागि आयोग गठन गरी संरचनागत सुधारको पहल गरेको पनि उनले उल्लेख गरे।

प्रकाशित मिति: २०८२ आश्विन २९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी