कपिलवस्तुमा एक वर्षमै १२८ नयाँ कुष्ठरोगी फेला

सुशील गैरे कपिलवस्तु। गत आर्थिक वर्षको साउनदेखि असारसम्म कपिलवस्तु जिल्लामा १२८ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। यससँगै जिल्लाभर कुल कुष्ठरोगीको संख्या १३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

सो तथ्यांक सोमबार कार्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ कुष्ठरोग निरीक्षक मोहम्मद इरफानका अनुसार जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा २१ जना नयाँ रोगी फेला परेका छन्।

त्यसपछि विजयनगर गाउँपालिकामा २०, शिवराज र बुद्धभूमि नगरपालिकामा १५–१५ जना, महाराजगंजमा १३, कपिलवस्तु नगरपालिकामा ११, बाणगंगामा ६, शुद्धोधनमा १३, यशोधरामा ११ र मायादेवी गाउँपालिकामा ३ जना नयाँ रोगी भेटिएका छन्।

वरिष्ठ निरीक्षक इरफानका अनुसार मायादेवी गाउँपालिकामा जनचेतना अभावका कारण खोजी कार्य गर्न कठिनाइ भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कुष्ठरोगीको संख्या अझै पनि उच्च रहेको बताए। उनका अनुसार “घरघरमा पुगेर खोजी कार्य र शिविर सञ्चालन गर्दा लुकेका केसहरू बाहिर आएका छन्।”

ढकालले समाजमा कुष्ठरोगप्रति रहेको गलत बुझाइ, रोगीमाथि हुने भेदभाव र लान्छनाका कारण उपचारमा ढिलाइ हुने समस्या रहेको उल्लेख गरे। उनले कुष्ठरोगको औषधि निःशुल्क हुने र उपचार पूर्ण रूपमा सम्भव भए पनि धेरैजसो बिरामी लुकाएर बस्ने गरेको बताए।

नेपाल सरकारले सन् २०३० भित्र कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। उपचारका लागि आउने बिरामीलाई सरकारले यातायात खर्चका रूपमा एक हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था पनि गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, लेप्रोसी मिसन नेपालका सदस्य र पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ल्याब टेक्निसियन श्रीधर खनालले गरेका थिए।

प्रकाशित मिति: २०८२ आश्विन २८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी