काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपाल र यूएई बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
नेपालले यसअघि समूह ‘बी’को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गरेको थियो। त्यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै सुपर सिक्समा स्थान सुरक्षित गरेको हो।
सुपर सिक्सको पहिलो खेलमा नेपाल र यूएईबीच आइतबार दिउँसो ४ः१५ बजे भिडन्त हुनेछ। यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओ विरुद्ध पनि खेल्नेछ।
नेपालले पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै लय समातेको छ, र आजको खेलले विश्वकप नजिक पुर्याउने अवसरका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २०८२ आश्विन २६ गते


