काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखले प्रयोग गर्ने व्हाट्सएप खाता ह्याक भएको छ। ह्याकरहरूले उक्त खाताको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने र अनावश्यक सन्देशहरू पठाएको पाइएको छ।
सुनसरी प्रहरी कार्यालयका अनुसार, २०८२ असोज २४ गते राति ८ बजेर ४५ मिनेट जाँदा कार्यालय प्रमुखले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको व्हाट्सएप खाता ह्याक भएको हो।
प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले ह्याक भएको खाताबाट आएका कुनै पनि सन्देशमा विश्वास नगर्न आग्रह गर्दै, कसैले पैसा मागेमा नदिन विशेष अनुरोध गरेका छन्। प्रहरीले हाल ह्याक भएको खाताको दुरुपयोगबारे अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: २०८२ आश्विन २५ गते


