कपिलवस्तुको कृष्णनगर दशगजामा गरियाे बृहत सरसफाई

अजय मिश्र, कृष्णनगर । कृष्णनगरको दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो ।

 कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा  सरसफाई गरिएको हो ।

सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए ।

सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक ईश्वर लौडारीले बताउनुभयो।

सरसफाई लगाएत अन्य सामाजिक तथा सांस्कृतिक लगायत विभिन्न कार्यमा सशस्त्र प्रहरी बल सधै अगाडि

रहने सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीले बताउनुभयो।

यस्तै सरसफाई अभियानमा कृष्णनगर नगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी,  सशस्त्र प्रहरी, भारतीय एस एस बी का जवान तथा बजारबासीको पनि साथ रहेको बताइएको छ ।

सरसफाई अभियान्ताहरुले दशगजा क्षेत्रमा रहेका प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहर बस्तुलाई जम्मा गरी नष्ट गरेका थिए ।

प्रकाशित मिति: २०८२ आश्विन २५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी