बाराको सिम्रौनगढ नगरपालिकामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारका तयारीका लागि माटो खन्दै गर्दा आइतबार दिउँसो सो दुर्घटना भएको हो। दुर्घटनामा परेका चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतक र घाइतेहरूको सनाखत भइरहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २०८२ आश्विन २५ गते


