कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन्।
दुर्घटना आज बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा भएको हो।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार, दुर्घटनापछि एकजनालाई सकुशल उद्धार गरिएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बस अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: २०८२ आश्विन ८ गते


