पारिजात पब्लिक स्कुल डाबरा कप २०८२ को विजेता, नमुना ज्योति युवा क्लबलाई ६–० ले पराजित

कुरा नेपाल बुद्धभूमि। तेस्रो बुद्धभूमि डाबरा कप २०८२ अन्तर्गतको फाइनल खेलमा पारिजात पब्लिक स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै नमुना ज्योति युवा क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ। डाबरा खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेल दर्शकहरूको ठूलो उत्साह र उपस्थिति बीच सम्पन्न भएको थियो।


खेलको शुरुवाती २० मिनेटमा नमुना ज्योति युवा क्लबले बलियो दबदबा कायम राखे पनि, पारिजातले संयमित खेल प्रदर्शन गर्दै खेलको गतिलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा ल्यायो। पहिलो हाफमा ३ गोल गरेको पारिजातले केही गोल गर्ने अवसर चुकाएको भए पनि दोस्रो हाफमा थप ३ गोल गर्दै कुल ६–० को नतिजासहित प्रतियोगिता जित्न सफल भयो।


सामूहिक खेल, उत्कृष्ट रणनीति, र अनुशासित प्रदर्शन पारिजातको जितको प्रमुख आधार बन्यो। खेल अवधिभर पारिजातका खेलाडीहरूले लगातार आक्रमण र बल नियन्त्रणमा राख्दै विपक्षीलाई गोल गर्ने मौका नै दिएनन्।


उपाधिसँगै पारिजात पब्लिक स्कुलले ट्रफी, सिल्ड, मेडल, प्रमाणपत्र तथा रु. ८१,००० नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको नमुना ज्योति युवा क्लबले पनि ट्रफी, सिल्ड, मेडल, प्रमाणपत्रसहित रु. ५१,००० नगद पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डरको अवार्ड पारिजातका सुजित थारु ले हात पार्न सफल भए भने, मिलन आले मगर सर्वाधिक गोलकर्ता घोषित भए। यस्तै, भिम मगर ले उत्कृष्ट गोलकिपरको उपाधि जिते।


तर ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि भने नमुना ज्योति युवा क्लबका कुमार घर्ति ले जिते, जसले सम्पूर्ण प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए।
क्लबका अध्यक्ष कमल काफ्लेले प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका चर्चित युवा टोलीहरूको सहभागिता र स्थानीय दर्शकहरूको जोशले प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक बनेको जानकारी दिए।


उक्त प्रतियोगिताले स्थानीय युवा प्रतिभाहरूलाई उदाउने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने विश्वास आयोजकको छ।
पारिजात पब्लिक स्कुलको यो प्रभावशाली जितले बुद्धभूमि क्षेत्रको फुटबल इतिहासमा नयाँ अध्याय सुरु गरेको छ। स्कुलको समर्पण, खेलप्रतिको लगाव र खेलाडीहरूको मेहनतले उपाधि जित्ने बाटो सजिलो बनाएको हो।

प्रकाशित मिति: २०८२ आश्विन ७ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी