बुद्धभूमि, कपिलवस्तु – लगातारको अविरल वर्षाका कारण केही समयका लागि स्थगित गरिएको तेस्रो बुद्धभूमि डाबरा कप २०८२ अब फेरि सुरु हुने भएको छ। आयोजक समितिका अनुसार खेलहरू भोलि बिहीवार (असोज २ गते) बाट पुनः सुरु गरिनेछन्।
बुद्धभूमिको डाबरा खेलमैदानमा आयोजना भइरहेको प्रतियोगिता यस वर्ष Global Dairy Pvt. Ltd. को प्रायोजनमा सञ्चालन भइरहेको छ।
पहिलो खेल – दिउँसो १ बजे
बकुलिपुर युवा क्लब, बुद्धभूमि 🆚 City Boys, तौलिहवा
दोस्रो खेल – दिउँसो ३ बजे
नमुना ज्योति युवा क्लब, शिवराज 🆚 बाणगङ्गा वडा नं. ३
आयोजकले सबै खेलप्रेमी, स्थानिय बासिन्दा तथा युवाहरूलाई खेलमैदानमा उपस्थित भई खेलाडीहरूलाई हौसला दिन आग्रह गरेका छन्। “वर्षाले केही दिन कार्यक्रम प्रभावित भएको हो, तर अब सबै तयारी पूरा भएको छ,” क्लवका अध्यक्ष कमल काफ्लेले बताए।
यो प्रतियोगिता युवा प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने, सामाजिक सद्भाव बढाउने र स्थानीय खेल संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
प्रकाशित मिति: २०८२ आश्विन २ गते


