काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ।
त्यस दिन देवी विसर्जनको साइत बिहान ९:२३ बजे तय गरिएको छ। टीका लगाउँदा पूर्व दिशा फर्केर लगाउने परम्परा अनुसार साइत दिइएको हो।
यसपालिको दशैं असोज ६ गतेबाट सुरु हुने भएको छ। घटस्थापनाको साइत सोही दिन बिहान ९:१३ बजे रहेको समितिले जनाएको छ।
असोज ७ गते मंगलबार बिहान ९:५३ बजे दशैं घरमा झण्डा फेर्ने साइत परेको छ।
असोज ११ गते शनिबार श्रीपचली भैरव यात्राको कार्यक्रम तय गरिएको छ भने असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासनको साइत बिहान ९:२३ बजे रहेको समितिले जनाएको छ।
प्रकाशित मिति: २०८२ भाद्र ३१ गते


