कुरा नेपाल बुद्धभूमि। बुद्धभूमि नगरपालिका–४ मा जारी तेस्रो बुद्धभूमि डाबरा कप–२०८२ अन्तर्गत आज (मङ्गलबार) दुई वटा प्रतिस्पर्धात्मक खेलहरू हुने भएका छन्। खेलहरू बुद्धभूमि ४ डाबरा खेलमैदानमा दिउँसो १ बजेपछि सुरु हुने आयोजकले जनाएका छन्।
पहिलो खेल दिउँसो १ बजे लुम्बिनी युवा क्लब, बुद्धभूमि–२ र युनिक स्पोर्ट्स क्लब, शिवराज नगरपालिका–५ बीच हुनेछ। त्यसपछि दिउँसो ३ बजे KJYC, बुद्धभूमि–२ र इभुलोसन क्लब, बुटवल बीच दोस्रो खेल हुनेछ।
क्लबका अध्यक्ष कमल काफ्लेका अनुसार भोलिदेखि प्रतियोगिता क्वार्टर फाइनल चरणमा प्रवेश गर्ने भएकाले आजका खेलहरू निकै महत्वपूर्ण र निर्णायक हुनेछन्। आयोजकले खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरेका छन्।
ग्लोबल डेरी प्रा.लि. को मुख्य प्रायोजनमा सञ्चालन भइरहेको यो प्रतियोगिता स्थानीय युवा खेलाडीहरूका लागि प्रतिभा प्रदर्शन गर्ने प्रमुख माध्यम बनेको छ।
आयोजकले खेलप्रेमी, दर्शक, खेलाडी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै सबैलाई खेलमैदानमा उपस्थित भई खेलहरूको प्रत्यक्ष अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आह्वान गरेका छन्।
तेस्रो बुद्धभूमि डाबर कपले स्थानीय प्रतिभा उजागर गर्ने र क्षेत्रीय खेलकुदको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।
प्रकाशित मिति: २०८२ भाद्र ३१ गते


