बुद्धभूमि नगरपालिका–४ मा जारी तेस्रो बुद्धभूमि डाबर कप–२०८२ अन्तर्गत आज सम्पन्न खेलमा Hunter Boys, बाणगंगा–३ ले बुद्धभूमि फुटबल क्लब, बुद्धभूमि लाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगितामा रोमाञ्चक जित हात पारेका छन्।
दुवै टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत गरिएको हो, जहाँ Hunter Boys ले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका Sawan Thapa (Hunter Boys) लाई “Man of the Match” घोषित गरियो।

भोलि मंगलबार हुने दुई खेलमा लुम्बिनी युवा क्लव, बुद्धभूमि–२ र युनिक स्पोट क्लव शिवराज नगरपालिका–५ बीच दिउसो १ बजे र KJYC बुद्धभूमि नगरपालिका–२ र इभुलोसन क्लव बुटवल बीच दिउसो ३ बजे खेल हुने क्लवका अध्यक्ष कमल काफ्लेले बताए।
प्रतियोगिता ग्लोबल डेरी प्रा.लि. को मुख्य प्रायोजनमा सञ्चालन भइरहेको छ। आयोजकहरूले खेलाडी, दर्शक र सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रतियोगिताको दोस्रो चरणमा प्रवेशका लागि अबको प्रत्येक खेल निर्णायक बन्ने भएकोले भोलिका खेलहरू पनि अत्यन्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेलप्रेमीहरूलाई खेलमैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्द्धन गर्न आयोजक टिमले अनुरोध गरेको छ।
तेस्रो बुद्धभूमि डाबर कप ले स्थानीय प्रतिभाहरूलाई उजागर गर्दै क्षेत्रीय खेलकुदको स्तर उकास्न महत्वपूर्ण योगदान दिइरहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३० गते


