नाउपा त्याग्दै रेशम चौधरीको नयाँ दल यात्रा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी त्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको छ।

भिडियो सन्देशमार्फत चौधरीले ‘नेपाल नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल गठन गर्दै ‘नाउपा’ (नागरिक उन्मुक्ति पार्टी) बाट अलग भएको स्पष्ट पार्नुभएको हो। नयाँ दलको चुनाव चिन्हको रूपमा “पहिचान” प्रस्ताव गरिएको उहाँले बताउनुभयो।

उहाँले देशको वर्तमान राजनीति प्रतिशोधपूर्ण र इर्ष्यायुक्त भएको टिप्पणी गर्दै, टिकापुर घटनामा आफू निर्दोष हुँदाहुँदै पनि राजनीतिक प्रतिशोधका कारण घरसमेत जलाइएको गुनासो गर्नुभयो। साथै, घटनासँग सम्बन्धित क्षतिपूर्तिको विषयमा व्यापक अनियमितता भएको आरोप लगाउँदै उहाँले “५० हजार क्षतिको दाबी गर्नेले डेढ करोडसम्म पाएको” दाबी गर्नुभयो।

चौधरीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, राज्य पुनःसंरचना तथा सीमाङ्कनको परिमार्जन गर्नुपर्ने, र आफ्ना मुद्दामा निष्पक्ष न्यायिक निर्णय आउनुपर्ने माग राख्नुभएको छ। साथै, देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई छानबिन गरी कानुनी कारबाही गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी