काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज औपचारिक रूपमा पदभार ग्रहण गर्ने भएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष सञ्चालन गरिनेछ। शुक्रबारको शपथग्रहण कार्यक्रमपछि नै पदभार ग्रहण गर्ने तयारी भए पनि शपथमा ढिलाइ हुँदा कार्यक्रम स्थगित गरिएको थियो।
प्रधानमन्त्री कार्की शनिबारदेखि नै बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी छन्।
प्रकाशित मिति: २०८२ भाद्र २९ गते


