काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस वर्षको इन्द्रजात्रा कार्यक्रममा विशेष रूपमा सक्रिय देखिए । उनले बसन्तपुरमा आयोजित कार्यक्रममा स्वयं उपस्थित भई राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गरे।
तर, प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमस्थलमा आउँदा भने मेयर शाह उपस्थित थिएनन्। प्रधानमन्त्रीको स्वागत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका थिए।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ। साथै, आयोजकको हैसियतले काठमाडौँ महानगरपालिकाका मेयर तथा उपमेयरले उनीहरूको स्वागत गर्ने प्रचलन पनि रहँदै आएको छ।
तर यस वर्ष मेयर शाहले राष्ट्रपति मात्र स्वागत गरेर प्रधानमन्त्री ओलीको स्वागतबाट आफूलाई अलग राखेका छन्। मेयरको अनुपस्थितिले विभिन्न राजनीतिक संकेतको अड्कलसमेत हुन थालेको छ।
प्रकाशित मिति: २०८२ भाद्र २१ गते


