नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफल सुरु, फरक मतको प्रतिवेदन पेशमा रोक

नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा पेश गरिएका राजनीतिक, विधान संशोधन र सांगठनिक प्रतिवेदनहरूमाथि आजदेखि समूहगत छलफल सुरु भएको छ।

महाधिवेशनको दोस्रो दिन प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी छलफल थालिएको हो। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।

यसका अतिरिक्त, केन्द्रीय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका तर्फबाट समेत प्रतिवेदनहरू पेश गरिएको छ। तर, स्थायी समिति सदस्य कर्ण थापाले केन्द्रीय कार्यालयमा दर्ता गराएको फरक मतसहितको प्रतिवेदन भने अध्यक्ष ओलीले पेश गर्न अनुमति दिएका छैनन्। फरक मतलाई स्थान दिने भनिएपनि, समय अभाव देखाउँदै प्रतिवेदन पेस गर्न रोकिएको हो।

महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल २,३४१ जनाको सहभागिता रहेको छ। महाधिवेशन भोलिसम्म जारी रहनेछ।

प्रकाशित मिति: २०८२ भाद्र २१ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी