सूचीकरणका लागि एक्स (ट्विटर) सरकारको सम्पर्कमा, फेसबुक भने अझै मौन

काठमाडौं ।
नेपाल सरकारको निर्देशनमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने प्रक्रियाबीच ट्विटर (अब एक्स) ले सरकारसँग आधिकारिक सम्पर्क गरेको छ। एक्सको सिंगापुरस्थित कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा इमेलमार्फत पत्राचार गरिएको हो।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले शुक्रबार ट्विटरबाट इमेल प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार, सिंगापुरबाट “मार्क” नामको व्यक्तिले पठाएको उक्त इमेलमा दर्ता प्रक्रिया र आवश्यक कागजातहरूबारे जानकारी मागिएको थियो। ठाकुरले भने, “हामीले आवश्यक सबै कागजात विवरणसहित जवाफ पठाइसकेका छौं।”

उनका अनुसार, ट्विटरले मागेका डकुमेन्टहरू प्राप्त भएपछि तत्काल सूचीकरण प्रक्रिया अघि बढाइनेछ।

तर अर्कोतर्फ, फेसबुक (मेटा) बाट भने अहिलेसम्म कुनै औपचारिक पत्राचार नभएको प्रवक्ता ठाकुरले जनाए। “फेसबुकले व्यक्तिगत रूपमा कसैसँग सम्पर्क गरेको हुन सक्छ, तर मन्त्रालयले अहिलेसम्म आधिकारिक रूपमा केही प्राप्त गरेको छैन,” उनले स्पष्ट पारे।

यसैबीच, नेपालमै निर्मित सामाजिक सञ्जाल ‘हाम्रो पात्रो’ ले भने दर्ताका लागि आवश्यक सबै कागजातहरू बुधबार नै बुझाइसकेको छ। बाँकी अन्य प्लेटफर्महरू हालसम्म सरकारको सम्पर्कमा आएका छैनन्।

प्रकाशित मिति: २०८२ भाद्र २० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी