एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु, पार्टी संरचना र रणनीतिमा निर्णय हुने

काठमाडौं ।
नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार)देखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।

सचिवालय बैठकले स्वीकृत कार्यतालिका अनुसार ४० मिनेटको उद्घाटन सत्रपछि विभिन्न दस्तावेजहरू प्रस्तुत गरिने जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको छ।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले महाधिवेशनको एजेन्डा तय गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विषयलाई छलफल सूचीबाट हटाउने निर्णय गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको व्यक्तित्व र योगदानलाई विवादमा नतान्न आग्रह गर्दै सदस्यता दिने वा नदिने विषय केन्द्रीय कमिटीको अधिकारक्षेत्रमा पर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सम्माननीय पूर्वराष्ट्रपतिज्यूको सदस्यता नवीकरण भएको छैन, र त्यो महाधिवेशनको एजेन्डा होइन। यस विषयमा आवश्यक परे सचिवालय वा केन्द्रीय कमिटीले निर्णय गर्नेछ।”

मुख्य एजेन्डाहरू

महाधिवेशनमा तीनवटा मुख्य दस्तावेजमाथि विस्तृत छलफल हुने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो। ती हुन्:

  1. पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन
  2. उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव
  3. महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव

यससँगै, पार्टीका चार आयोग र केन्द्रीय निकायका प्रतिवेदनमाथि पनि छलफल हुनेछ। स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्नुभएको फरक मत पनि छलफलका लागि पेस गरिनेछ। कर्ण थापाको फरक मतको विषयमा छलफल गर्ने या नगर्ने निर्णय प्रस्तुत विवरणको आधारमा गरिने ज्ञवालीले स्पष्ट पार्नुभयो।

छलफल र समापन

शनिबार महाधिवेशनमा सातवटै दस्तावेजमाथि समूहगत छलफल हुनेछ भने आइतबार समूह नेताहरूले निष्कर्ष प्रस्तुत गरेपछि समापन हुने छ। महाधिवेशन विधान र रणनीतिमा केन्द्रित रहनेछ।

सहभागी संख्या र नारा

एमालेले यो महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।

कार्यक्रममा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जनाको सहभागिता रहनेछ। यो महाधिवेशनले पार्टीको संगठन, विधान संशोधन, र आगामी रणनीति तय गर्ने महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी