फेसबुक बन्द हुँदै, वर्ल्डलिंक र टेलिकमले सुरु गरे सेवा अवरुद्ध

काठमाडौं ।
नेपालमा सामाजिक सञ्जाल फेसबुक बन्द गर्न थालिएको छ। सरकारको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले क्रमशः सेवा अवरुद्ध गर्न थालेका हुन्।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केही समयअघि देखि फेसबुकमा पहुँच रोक लगाएको पुष्टि गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशनअनुसार फेसबुक बन्द गरिएको जानकारी दिएका छन्।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया सुरु भइसकेको र सबै प्रदायकबाट सेवा बन्द हुन केही समय लाग्न सक्ने बताएका छन्। “सरकारको निर्देशन अनुसार प्रक्रिया अघि बढिसकेको छ, विस्तारै सबै सेवा अवरुद्ध हुँदै जानेछ,” उनले भने।

यसैबीच, नेपाल टेलिकमले पनि सरकारको निर्देशनमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ। टेलिकमले एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको पत्रका आधारमा यस्तो कदम चालेको उल्लेख गरेको छ।

सूचनामा सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको निर्णय र सञ्चार मन्त्रालयको निर्देशनअनुसार सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दर्ता नभएका प्लेटफर्महरू हालका लागि निष्क्रिय बनाइएको जनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी