प्रहरीको चेतावनी : छिमेकीलाई हैरानी हुने गरी हल्ला गरे ३ लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं — अब राति अबेर वा बिहान सबेरै छिमेकीलाई डिस्टर्ब हुने गरी आवाज गरे कडा कारबाही हुनेछ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गर्दै यस्तो हर्कत नगर्न सबैलाई सचेत गराएको छ ।

प्रहरीका अनुसार, लाउड स्पिकरमा ठूलो आवाजमा संगीत बजाउने, पार्टी वा जमघटमा अत्यधिक आवाज निकाल्ने, राती वा बिहान ठूल्ठूला आवाजमा कुराकानी गर्नेजस्ता क्रियाकलापले छिमेकीलाई असर पुर्‍याउँछ भने कानुनी कारबाही हुनेछ ।

त्यस्तै, प्रेसर कुकरको सिट्ठी, ठूलो स्वरमा खोक्ने वा खकार्ने, गेट जोडले खोल्ने, भाँडाकुडा ठोक्काउने, शौचालय फ्लस गर्दा समेत अत्यधिक आवाज भएमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कानुनअनुसार अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको पनि प्रहरीले स्मरण गराएको छ ।

सार्वजनिक शान्ति र छिमेकीबीचको सहअस्तित्व कायम राख्न सबैले सहयोग गर्नुपर्ने प्रहरीको अपिल छ ।

प्रकाशित मिति: २०८२ भाद्र १९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी