कुरा नेपाल बुद्धभूमि ,
कपिलवस्तुको बुद्धभूमि २ गोरुसिङ्गेमा प्रथम 9A साइड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। बुद्धभूमि युथ सोसाइटिको आयोजनामा सरु भएको खेलको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले गर्नुभएको हो।
उद्घाटन गर्दै प्रदेश सभा सदस्य लामिछानेले रिबन काटेर खेलको सुरुवात गर्दै सरकारले खेल पूर्वाधारमा लगानी गरिरहेको बताउनुभयो । विश्वमा नेपाललाई पहिचान दिलाउन सकिने खेल क्षेत्रमा लगानीको वातारण बन्दै गएको भन्दै यसमा कपिलवस्तु पछि नरहेको दाबी गर्नुभयो । यस्तै लामिछानेले खेल सीपका लागी स्थानीय स्तरमा संचालन हुने यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । युवाहरुलाई खेलकुदप्रति आकर्षण गराउन र यस क्षेत्रमा टिकाई राख्न सबै सरोकारवालाहरुले चासो देखाउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रमका विशिष्ट अथिति बुद्धभूमि नगरपालिका २ का वडा अध्यक्ष सुरज प्रताव राणाले स्थानीय स्थरमा संचालन हुने हरेक खेलकुद प्रतियोगितालाई स्थानीय तहबाट आगामी दिनमा पुर्ण सहयोगको हुनुपर्ने बताउनुभयो। बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले शारिरीक तथा मानसिक स्वास्थ्यका लागी खेलकुदको आवश्यकता पर्ने भएकाले यसमा स्थानीय सरकारले लगानी गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा क्लबका अध्यक्ष सद्दाम पाखियाले खेल पूर्वाधारलाई संरक्षणमा स्थानिय पालिकाबाट पहल जरुरी रहेको भन्दै मैदान मर्मत र संरक्षणमा स्थानिय क्लबलाई नै जिम्मेवार बनाउदा प्रभावकारी हुने बताउनुभयो।
यसैबीच आज भएको पहिलो उद्घाटन खेलमा लुम्बिनी युवा क्लवले २-० को अन्तरले शान्ति युवा क्लवलाई पराजित गर्दै जित हात पारेको छ। दोस्रो खेलमा 19 west लाई ०-३ ले पराजित गर्दै रोयल एफ सीलेजित हात परेको छ। भोलि SYC बुंची र पकडी बिचि पहिलो खेल २ बजेबाट हुनेछ भने रहटकोल र चौवा विच दोस्रो खेल ३:३० बजे हुने आयोजकले जानकारी दिएको छ।
प्रकाशित मिति: २०८२ भाद्र १४ गते


