इम्बोस्ड नम्बर प्लेट नभए पनि तत्काल कारबाही हुँदैन : यातायात विभाग

काठमाडौं — सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेको भन्दै तत्काल कारबाही नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।

मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमा विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन भन्दै सवारीधनीहरूलाई आफैं अनुकूल समयमा आफ्नो सवारी दर्ता कार्यालयमा गएर स्वःस्फुर्त रूपमा जडान गर्न आग्रह गरेको छ।

विभागले प्रदेश कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध गराइएको जानकारी दिंदै सेवा सहज बनाउन थप प्रबन्ध मिलाइने पनि जनाएको छ।

यातायात विभागले यसअघि भदौ ३ गते सूचना जारी गर्दै असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने उल्लेख गरेको थियो। तर उक्त सूचनापछि सार्वजनिक प्रतिक्रिया र आलोचना बढेपछि विभाग नरम अवस्थामा गएको देखिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी