विराटनगर — मोरङको जिल्ला कारागारमा एक महिला कैदी मृत अवस्थामा भेटिएकी छन्।
बुधबार बिहान कारागारको शौचालयमा ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। राधा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की निवासी हुन्। प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान जारी छ।
प्रकाशित मिति: २०८२ भाद्र ११ गते


