नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ११ बजेदेखि दुई घण्टा बन्द हुने

१२ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

त्यसैले संभावित दुर्घटनालाई न्युनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य हुँदै छ । त्यसैले डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘आज मिति २०८२/०३/१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराइन्छ ।’

सो समय अवधिभर लेन अनुशासन पालना गरी सवारी साधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०८२ असार १२ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी